ताप्लेजुङ गोल्डकप : दार्जिलिङ र विर्तामोड बीच प्रतिस्पर्धा हुँदै

ताप्लेजुङ, १७ भदौ : यहाँ जारी ताप्लेजुङ गोल्डकपअन्तरगत आज पहिलो चरणको अन्तिम खेलमा र दिउँसो रेड स्टार फुटबल क्लब विर्तामोड तथा युनाईटेड खर्साङ दार्जिलिङका बीचमा सेमिफाइनलका लागि प्रतिस्पर्धा हुँदै छ ।

सदरमुकाम फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा खेल सुरु हुनेछ । आज पहिलो चरणका खेल सकिएसँगै सोमबारदेखि सेमिफाइनलका खेल सुरु हुनेछन् । यसअघि शनिबार भएको खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई २‐० ले पराजित गर्दै पथरी ११ मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनल प्रवेशका लागि मोरङका दीपक राईले खेलको ३८औँ मिनेटमा पहिलो गोल गर्नुभएको थियो भने दोस्रो हाफको ४५औँ मिनेटमा नीरज परियारले दोस्रो गोल गर्नुभएको थियो । प्रतियोगिताको पहिलो दिन घरेलु टोली मानाभरा युथ क्लबलाई ट्राईबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै इटहरीको जुट विकास फुटबल एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ भने शुक्रबार इलामको रेडहर्ष फुटबल क्लब सेमिफाइनलमा पुगेको छ ।

रेडहर्ष दमकको गोर्खा स्पोर्टिङ क्लबलाई २‐० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । लाखेजात्राका अवसरमा आयोजित प्रतियोगिताको विजेताले रु तीन लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले रु एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।