जुट विकास फुटबल एकेडेमी ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश

ताप्लेजुङ : ताप्लेजुङमा जारी ताप्लेजुङ गोल्डकपअन्तर्गत भएको खेलमा पथरी ११ मोरङलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सुनसरीको जुट विकास फुटबल एकेडेमी फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । दुवै टिमका खेलाडीले गोलका लागि रोचक प्रतिस्पर्धा गरेका थिए । तर गोल हुन नसकेपछि टाइब्रेकरबाट निर्णय लिनुपरेको हो । फाइनलमा पुगेको सुनसरीले भोलि हुने सेमिफाइनलको दोस्रो तथा अन्तिम खेलको विजेतासँग बुधबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

सेमिफाइनलको अन्तिम खेलमा मङ्गलबार रेड हर्ष फुटबल क्लब इलाम र रेड स्टार फुटबल क्लब झापाबीच प्रतिस्पर्धा हुनेछ । युनाइटेड खर्साङ फुटबल क्लब दार्जिलिङलाई १‐० ले पराजित गर्दै झापाको रेड स्टार फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको थियो भने रेड हर्षले गोर्खा स्पोर्टिङ क्लब झापालाई २‐० गोलले पराजित गरेर सेमिफाइनलमा स्थान बनाएको थियो ।

दार्जिलिङकासहित यो पटक ८ टिम सहभागी प्रतियोगिता भदौ २० गते सम्पन्न हुनेछ । लाखे जात्राका अवसरमा आयोजित प्रतियोगिताको विजेताले रु तीन लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले रु एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।