एमाले लुम्बिनीमा कँडेलको नेतृत्व

लुम्बिनी, २० भदौ : नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित हुनुभएको छ ।

बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा आज बिहान सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्षका प्रत्यासी प्यूठानका हरिप्रसाद रिजाललाई दुई मत मतले पराजित गर्दै कँडेल निर्वाचित हुनुभएको हो ।

एमाले लुम्बिनीको प्रथम अधिवेशनबाट अध्यक्षसहित दुई सय पाँच जनाको कमिटी निर्वाचित भएको हो । निर्वाचितमध्ये सचिवसहित एक सय छ जना निर्विरोध र अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिवसहित बाँकी पदमा निर्वाचनका माध्यमबाट चुनिएका छन् ।

विजयी कँडेलले चार सय ७९ मत प्राप्त गर्नुभएको थियो भने प्रत्यासी रिजालले चार सय ७७ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले सार्वजनिक गरेको छ । निर्वाचित अध्यक्ष कँडेल एक वर्षअघि तदर्थ समितिको अध्यक्षको रुपमा चयन हुनुभएको थियो ।

त्यस्तै उपाध्यक्षमा पनि कँडेल समूहकै उम्मेदवार रुपन्देहीका भोजप्रसाद श्रेष्ठले चार सय ५५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी रुपन्देहीकै विश्वराज बराल (अनुप) ले तीन सय छ मत प्राप्त गर्नुभएको छ । सचिवमा कँडेल पक्षकै दाङका लक्ष्मण आचार्य यसअघिनै निर्विरोध हुनुभएको हो ।

त्यसैगरी उपसचिवमा पुरुषतर्फ रिजाल समूहका रोल्पाका पूर्ण बुढामगरले चार सय १८ मतसहित विजयी हुँदा कँडेल प्यानलका बाँकेका दुर्गाप्रसाद थारुले तीन सय ९३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै उपसचिव महिलातर्फ कँडेल प्यानलका बर्दियाका लिला रानामगर एक मतले निर्वाचित हुनुभएको छ । उहाँले तीन सय ५१ मत प्राप्त गरी निर्वाचित हुँदा बाँकेकी वसन्ती अधिकारीले तीन सय ५१ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी हुनुभएको छ । एक हजार चार सय मतदाता रहेको चुनावमा नौ सय ६५ मत खसेको थियो । उनान्चालीस जना प्रतिनिधि मतदानमा उपस्थित भएनन् । यस्तै प्रदेश खुला सदस्यतर्फ रुपन्देहीका वासुदेव घिमिरे सबैभन्दा बढी तीन सय ७६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

यसैगरी अर्जुन केसी तीन सय ३३, कृष्णप्रसाद खनाल तीन सय ३४, जलिल मिया तीन सय ५७, डिआर घिमिरे तीन सय ४०, नारायणप्रसाद भुसाल दुई सय ८३, प्रकाश जिसी तीन सय २५, बाबुराम भट्टराई दुई सय ५३, मधुकृष्ण पन्त दुई सय ८५, सुष्मा खनाल दुई सय ९९ मत ल्याएर विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।–

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।