धनकुटामा बक्सिङ्ग प्रशिक्षण सुरु

धनकुटा,२५ भदौ । धनकुटामा बक्सिङ्ग खेलाडी उत्पादन गर्ने उद्देश्ले धनकुटा सदरमुकाममा सोमबारबाट बक्सिङ्ग प्रशिक्षण सुरु भएको छ ।

जिल्ला बक्सिङ्ग संघ धनकुटाको आयोजनामा सोमबारबाट धनकुटा सदरमुकामको तल्लो टुडिखेलमा सुरु भएको बक्सिङ्ग खेलको प्रशिक्षण नेपाल कै चर्चित प्रशिक्षक किशोर कुमार लिम्बु (सम्वाहाम्फे) ले गराउनु हुने बक्सिङ्ग संघ धनकुटाका अध्यक्ष विदुर खवासले जानकारी दिनु भयो ।

प्रशिक्षणको पहिलो दिनमा २१ जना खेलाडीको सहभागिता रहेको भोलिबाट थप खेलाडी थपिने समेत उहाँले जानकारी दिनु भयो । जिल्लामा बक्सिङ्ग खेलाडीका लागि औपचारिक रुपमा पहिलो पटक प्रशिक्षणको आयोजना गरिएको समेत अध्यक्ष खवासले जानकारी दिनु भयो ।

उत्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष खवासले धनकुटामा नै बक्सिङ्ग खेलाडी उत्पादन गर्न प्रशिक्षणको आयोजना गरिएको र बक्सिङ्ग संघ धनकुटामा बक्सिङ्ग खेलाडी उत्पादन गर्न प्रतिबद्ध रहेको धारणा राख्नु भयो साथै उहाँले खेलाडीलाई आवश्यक सहयोगका लागि विभिन्न निकायमा कुरा समेत बक्सिङ्ग संघको तर्फबाट राखिएको भन्दै प्रशिक्षण सफलताको शुभकामना समेत व्यक्त गर्नु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।