पुर्वाञ्चल गट ट्यालेन्ट सिजन-५ को फिक्कल(इलाम) अडिसन सम्पन्न
धनकुटा । टिन्ज कृउ डान्स सेन्टर धनकुटाको आयोजनामा प्रत्येक बर्ष आयोजना गरिंदै आएको गायन तथा नृत्य प्रतियोगिताको पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ५ को फिक्कल (इलाम) अडिसन सम्पन्न भएको छ ।

अडिसनबाट २४ प्रतियोगी मध्येबाट नृत्य तर्फ ५ जना र गायन तर्फ ४ प्रतिस्पर्धी छनौट गरिएको संयोजक सुमन योगीले जानकारी दिए ।


