भोजपुरमा बिहानी कप फुटवल, तयारी पुरा

निरोज कोइराला /भोजपुर, २६ भाद्र । पहाडी जिल्ला भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा बुधवारबाट सुरु हुने अण्डर १६ अन्तर बिद्यालय स्तरीय बिहानी कप फुटवलको तयारी सकिएको छ । आयोजक बिहानी फुटवल क्लवले मंगलवार पत्रकार सम्मेलन गर्दे तयारी सकिएको र प्रतियोगितामा १४ वटा बिद्यालयको टिमले सहभागिता जनाउने जानकारी दिएको हो ।

भोजपुर जिल्ला फुटवल संघको संयोजनमा हुने प्रतियोगितामा भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिका भित्रको गरी १४ बिद्यालयले सहभागिता जनाउने फुटवल संघका जिल्ला प्रशिक्षक बिनम श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा लक्ष्मी मावि आम्तेक, सिंहदेवी माबि हेलौछा, बिद्योदय माबि भोजपुर, युनिक एण्ड युनाइटेड पब्लिक एकाडेमी भोजपुर, सिद्धेश्वर मावि दावा, सिद्धकाली इङलिस बोर्डिङ स्कुल भोजपुर, जनसेवा आबि भोजपुर, भोजपुर एकेडेमी, अन्नपूर्ण बागधन रणदिपा मावि अन्नपूर्ण, जाल्पा मावि भैसिपंखा, पञ्चकन्या मावि बोखिम, सगरमाथा इङलिस बोर्डिङ स्कुल भोजपुर, यसोधरा मावि टक्सार र जनकल्याण मावि आम्तेकको टिमले सहभागिता जनाउने आयोजक बिहानी फुटवल क्लवका अध्यक्ष रिपेश भुजेलले बताउनुभयो ।

प्रतियोगितामा प्रथम र दोश्रो हुने टिमले नगद २० हजार, नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन । यस्तै बेष्ट गोलकिपर, बेष्ट डिफन्डर, बेष्ट मिडफिल्डर, उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको ब्यवस्था गरिएको आयोजक बिहानी फुटवल क्लवले जनाएको छ । प्रतियोगिता भाद्र २७ गते देखि ३० गतेसम्म संचालन हुने छ । बुधवार ६ वटा बिद्यालयका टिमहरु बीच प्रतिस्पर्धा हुने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।