भ्रष्टाचारविरुद्ध ‘फायर’ खोल्नुपर्छ : महामन्त्री शर्मा

झापा, ३० भदौ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको विषयमा सरकारले पुराना फाइलमात्र होइन, फायर नै खोल्नुपर्ने बताउनुभएको छ ।

आज झापा क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनमा बोल्दै उहाँले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि चालेको हरेक कदममा पार्टीको समर्थन रहेको बताउनुभयो । “कांग्रेसले कसैलाई निलम्बन गर्यो वा गरेन त्यो ठूलो कुरा होइन, यस्तो हल्ला गर्नुको अर्थ पनि छैन”, उहाँले भन्नुभयो, “भ्रष्टाचारको फाइलमात्र होइन, फायर खोलिनुपर्छ ।”

नेपाली कांग्रेस भ्रष्टाचारमुक्त समाज बनाउन चाहने उल्लेख गर्दै उहाँले पार्टी चलाउने शैलीमा नवीनताको आवश्यकता औँल्याउनुभयो । उहाँले पार्टीमा भइरहेका गल्ती–कमजोरीको सबै दोष आफूहरूले नलिने बताउनुभयो ।

महामन्त्री शर्माले संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयक अस्वीकार्य भएको बताउनुभयो । “पहिलाको प्रस्तावित विधेयक त्रुटिपूर्ण रहेकाले सच्याएर ल्याउने सल्लाह भएको हो, फेरि पनि असङ्गत विधेयक नै ल्याइयो”, उहाँले भन्नुभयो, “म पनि शिक्षकको छोरा हुँ, समस्या बुझेको छु, प्रधानमन्त्रीलाई भन्छु, यो ऐन अस्वीकार्य छ ।”

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले प्राकृतिकरूपमै पुरानो पुस्ता हट्ने र नयाँ पुस्ता राजनीतिमा उदाउने बताउँदै निराश नहुन युवा पुस्तालाई आग्रह गर्नुभयो । उहाँले नयाँ बनेका पार्टीबाट लोकतन्त्रका लागि बलिदानी सङ्घर्ष गरेर स्थापित भएका राजनीतिक दलहरूलाई असर नपर्ने बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।