छथर जोरपाटीमा तीजमा फैलिएको सामाजिक विकृति विरुद्ध नाटक
धनकुटा,१ असोज । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले हिन्दु नेपाली महिलाहरुको पर्व तीजको अवसरमा तीज संस्कार, संस्कृति र समाजमा फैलिएको सामाजिक विकृति विरुद्ध सन्देशमुलक वडा स्तरिय नाटक प्रतियोगिता संचालन गरेको छ ।
छथर जोरपाटी गाउँपालिकाको आयोजनामा गरिएको सन्देश मुलक नाटक प्रतियोगितामा पछिल्लो समय भड्किलो बन्दै गएको तीज र तीज पर्वमा देखिएको विकृति विसंगती प्रति व्याग्य प्रस्तुत गरिएको थियो । साथै तीज पर्वमा ग्रामिण क्षेत्रका महिलाहरुले भोग्नु पर्ने समस्याहरु लाई समेत नाटकमा समेटिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले संस्कार, संस्कृति लाई विकृतीको रुपमा नमनाई संस्कार, संस्कृतिको रुपमा मात्र मनाउनु पर्ने बताउँनु भयो । त्यस्तै गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत जितमान जीमीले संस्कार संस्कृतीले नेपाली समाज लाई एक आपसमा जोडेको बताउँनु भयो ।
त्यस्तै कार्यक्रमकी अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष गिता गुरुङ्गले संस्कार संस्कृतीको लाई जोगाइ राख्नु पर्ने धारण राख्नु भयो । प्रतियोगितमा गाउँपालिकाका ५ वटा वडाले प्रतिस्पर्धा गरेका थिए । जसमा वडा न ५ प्रथम, वडा न ४ दोस्रो, वडा न २ तेस्रो र वडा न १ र ६ ले सान्त्वना स्थान प्राप्त गरे ।


