काजल क्रियसनको नवौं बार्षिकोत्सब भब्यताका साथ सम्पन्न

काठमाडौं – राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सर्बाधिक चर्चा बटुल्न सफल बुटिक काजल क्रियसन नवौं बर्षमा प्रवेश गरेको छ। एक भब्य कार्यक्रममा विभिन्न सेलिब्रेटी तथा समाजसेवीहरुको बाक्लो उपस्थितिमा काजल क्रियसनको नवौं वार्षिकोत्सव तथा काजलको जन्मदिन भब्यताको साथ केक काटेर मनाईएको थियो भने काजल शर्मालाइ जन्मदिनको शुभकामना समेत प्रदान गरिएको थियो। काजल क्रियसन बुटिकको वार्षिकोत्सव संगै उक्त बुटिकको संचालिका काजलको जन्मदिन एकैसाथ पर्न गएको छ।

वार्षिकोत्सव कार्यक्रममा चलचित्र निर्देशक निर्माता तथा अभिनेत्री दीपाश्री निरौला, लोकप्रिय अभिनेता दिपकराज गिरि, बरिष्ट ब्युटिसियन रश्मिला श्रेष्ठ, समाजसेवी प्रकाश कुमार श्रेष्ठ, गायिका रानु निरौला, समाजसेवी नरेश पाण्डे, युवा ब्यबसायी बसन्ती अधिकारी, रञ्जन केसी लगायतले बार्षिकोत्सब तथा फेशन डिजाईनर काजल शर्मालाई जन्मदिनको शुभकामना दिए ।

नौ वर्ष अघि विश्वकर्मा पुजाको दिन ललितपुरको कुपन्डोलमा उनले काजल क्रियसन बुटिक स्थापना गरेकी थिईन् । सयौं म्युजिक भिडियो तथा विभिन्न चलचित्रमा फेशन डिजाईन गरिसकेकी काजल अहिलेको पुस्ताकी फेशन डिजाईनरमा लोकप्रिय छन् ।

काजल क्रियसन बुटिककि सञ्चालिका काजल शर्मा बिगत एक दशकदेखि फेसन डिजाइन पेसामा छिन् । काजल क्रियसन बुटिकले नेपाल देखि युरोप अमेरिका सम्म आफ्नो संजाल फैलाउदै गएको छ। विश्व भरिनै अहिले उनले डिजाइन गरेको ड्रेसहरुको माग बढ्दै गएको छ । छोटो समयमा नै फेशनको संसारमा आफ्नो छुट्टै पहिचान बनाएर फेशन प्रेमीहरुको मन जित्न सफल काजल क्रियसन सेलिब्रिटीदेखि सर्बसाधारणहरुको रोजाइमा पर्न सफल भएको छ । विभिन्न चलचित्र देखि म्युजिक भिडियो तथा सेलेब्रेटि नायक नायिका, राजनीतिकर्मी, व्यवसायीहरु तथा सर्ब साधारणहरुको समेत ड्रेस डिजाइन गरेर काजल क्रियसनले ख्याति कमाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।