कोदो महोत्सव हुने

सिमकोट (हुम्ला), ४ असोज : हुम्लामा पहिलो पटक कोदो महोत्सव गरिने भएको छ । अन्तर्राष्ट्रिय कोदो दिवसको अवसर पारेर यही असोज १८ गते जिल्लाको जैविक कोदो खेतीको संरक्षण र प्रवद्र्धन गर्न कोदो महोत्सव गर्न लागिएको हो । हुम्लामा कोदो सबैभन्दा बढी उत्पादन हुने अनाजमा समेत पर्दछ ।

कोदो बालीको संरक्षण, प्रवद्र्धन र यसको प्रचारप्रसारका लागि महोत्सव गर्न लागिएको जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख धर्मबहादुर शाहीले बताउनुभयो । उत्पादन राम्रो हुने हुम्लामा कोदो महोत्सव गर्न लागिएको हो ।

जिल्ला बाहिरबाट अतिथि आउने भएका कारण यसको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । रैथाने कोदो बालीको प्रवद्र्धन गर्नसके यसलाई जिल्ला बाहिर निकासी गरेर किसानलाई प्रत्यक्षरूपमा फाइदा पुग्नेछ । महोत्सवमा व्यापारिक कक्ष निर्माण गरेर कोदोका परिकारसमेत प्रदर्शनी गरिनेछ ।

यस्तै कोदोबाट १५ भन्दाबढी परिकार तयार पारिनुका साथै महोत्सवको वृत्तचित्रसमेत तयार पारिनेछ । सो महोत्सवमा चार जना कोदोखेती गर्ने किसानलाई पुरस्कृत गरिनेछ । हुम्लाका सातवटै गाउँपालिकामा एक हजार तीन सय ५० हेक्टर जमिनमा कोदो खेती गर्दा एक हजार पाँच सय ४० मेट्रिकटन उत्पादन हुने गरेको जनाइएको छ ।

यस्तै कोदो महोत्सवका लागि यहाँका स्थानीय तहले आर्थिक सहयोगसमेत गर्ने भएका छन् । सिमकोट गाउँपालिकाले रु दुई लाख, नाम्खा गाउँपालिकाले रु एक लाख र खार्पुनाथ गाउँपालिकाले रु एक लाख ५० हजार सहयोग गर्ने सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताउनुभयो ।

यस्तै एकीकृत अनुसन्धान विकास केन्द्र, गुडनेभर इन्टरनेश्नल, सीप नेपाल, आधार विकास नेपाललगायतका संस्थालेसमेत कोदो महोत्सवमा आर्थिक सहयोग गर्ने निमित्त कार्यालय प्रमुख शाहीले बताउनुभयो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।