पुर्वाञ्चल गट ट्यालेन्ट सिजन-५ को धनकुटा अडिसन भोलि
धनकुटा । टिन्ज क्रु डान्स सेन्टर धनकुटाको आयोजनामा प्रत्येक बर्ष आयोजना गरिंदै आएको गायन तथा नृत्य प्रतियोगिता पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ५ को धनकुटा अडिसन असोज ६ गते हुने भएको छ ।
टिन्ज क्रु डान्स सेन्टर धनकुटा-५ मा उक्त अडिसन हुने संयोजक सुमन योगीले जानकारी दिए ।
यस अघि कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा अडिसन सम्पन्न भइसकेको छ ।


