छोङछिङमा प्रधानमन्त्री भेटवार्ता

एकराज पाठक/बेइजिङ, ९ असोज : चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको छोङछिङ महानगरपालिका सचिव युआन चियाचुनसँग भेटवार्ता गर्नुभयो ।

प्रधानमन्त्री दाहाल आज चिनियाँ सहर छोङछिङ पुग्नुभएको हो । आज छोङछिङ महानगरपालिकामा उहाँले सो भेटवार्ता गर्नुभएको हो । वार्तामा द्विपक्षीय हित र आपसी सहयोग एवं समझदारीका विषयमा कुराकानी भएको थियो । यसअघि आज छोङछिङ पुग्दा उहाँलाई सो महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

आजै प्रधानमन्त्री दाहालले छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्समा पुगी त्यहाँको वैज्ञानिक एवं आधुनिक कृषि प्रणालीबारे अध्ययन अवलोकन गर्नुभयो । सो एकेडेमीमा कृषि उत्पादनको आधुनिक प्रयोग एवं उत्पादनको अवलोकन गरी जानकारी लिनुभएको थियो । उहाँका साथमा परराष्ट्रमन्त्री एनपी साउदसहित भ्रमणदलका अन्य सदस्य पनि हुनुहुन्छ । उहाँ आज छोङछिङमा नै रहनुहुने कार्यक्रम छ ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।