रनवे ड्रिम्स २०२३ (सिजन -३)को उपाधि सुसान्त श्रेष्ठ र मेरिसा सुवालले जित्न सफल

काठमाडौं – रनवे ड्रिम्स २०२३ (सिजन -३)को उपाधि सुसान्त श्रेष्ठ र मेरिसा सुवालले जितेका छन् । मेरिसाले ८ प्रतियोगीलाई पछि पार्दै महिलातर्फ र सुसान्तले १० प्रतियोगीलाई पछि पार्दै पुरूषतर्फको शीर्ष उपाधि चुमेका हुन् ।

‘ड्रिम्स इन्टिच्युट अफ मोडलिङ एन्ड फेसन’ को आयोजनामा शनिबार साँझ लेन्ड मार्क रिसेप्सन कालिमाटीमा आयोजित प्रतियोगितामा महिलातर्फ पायल मेहेता फष्ट रनरअप चुनिँदा पुरूषतर्फ अजय रिजाल फष्ट रनर अप र महिला तर्फ सुनिता धले सेकेन्ड रनरअप चुनिदा पुरुष तर्फ सुयोग फुयाल सेकेन्ड रनर अप विजेता बने ।

साज सज्जासहित भव्य रुपमा निर्माण गरिएको रनवेसहित फेसनमय वातावरणमा आयोजित प्रतियोगितामा अभिनेता प्रसान्त ताम्राकार ,फेसन डिजाइनर मञ्जु ढकाल, मिसेज हेरिटेज दुर्गा विसुराल ,मेकअप आर्टिस्ट अनिस तामाड,फेसन डिजाइनर सोनम सुब्बा लगायत निणार्यक रहेका थिए ।
युवायुवतीलाई उत्कृष्ट प्रशिक्षणसहित भविष्यमा मोडलिङ र फेसनको जुनै पाटोमा पनि सक्षम रुपमा अगाडि बढाउँदै उज्जवल भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले रनवे ड्रिम्स प्रतियोगिता आयोजना भएको ‘रनवे ड्रिम्स’ का संस्थापक डा.नवीन शाहले जानकारी दिए ।आयोजक कमिटी तर्फ समिर सिहं क्षेत्रि कर्यकारि निर्देशक रहेका थिए भने कार्यक्रम प्रबन्धक पोषण शर्मा रहेका थिए।

प्रतियोगितामा वेस्टफोटोजेनिक अभिनेस श्रेष्ठ , मेरिसा सुवाल मोष्ट पपुलर आस्था केसि, सुयोग फुयाल ,बेष्टवाक डोल्मा लामा, अजय रिजाल , बेष्टहेयर पायल मेहेता ,सुयोग फुयाल, बेष्टफिजिक अभिनेस श्रेष्ठ ,डोल्मा लामा ,बेष्ट पर्सनालिटि सुसान्त श्रेष्ठ ,सुस्मिता राजभन्डारि ,वेस्टस्किन अनिल वस्नेत,पारु पौडेल विजेता रहेका थिए।

सांगीतिक माहोलमा सम्पन्न प्रतियोगिताको स्पोनसरहरुमा ज्यासमिन फिटनेस क्लब, मिराज रिभरसाइड रिसोट,ओडोबो,ससुरली रेस्टुरेन्ट,विडंॅफाईव कलेक्सन,फ्लोरल ईवेन्ट रहेको थियो भने कोरियोग्राफर मल्भिका सुब्बा रहेकी थिइन।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖