कुशल मल्लको विश्व कीर्तिमान : टी २० मा ३४ बलमै शतक
काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तरगत पुरुगा क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध खेलिरहेको छ ।
नेपालका लागि कुशल मल्लले ३४ बलमा नै शतक बनाएका छन् । टी-२० क्रिकेटमा उनकाे यो विश्व कीर्तिमान हाे ।
अहिले नेपालको स्कोर १४ ओभर ३ बलमा २ विकेटको क्षतिमा १९८ छ ।
क्रिजमा कुशल १०९ रन बनाएर खेलिरहेका छन् ।
यस्तै रोहित कुमार पौडेल १४ बलमा ३० रन बनाएर खेलिरहेका छन् ।


