तोडिन ‘लगभग असम्भव’ विश्व कीर्तिमान :९ बलमा दीपेन्द्रको अर्धशतक

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका दीपेन्द्रसिंह ऐरीले बुधबार ९ बलमा अर्धशतक पूरा गर्दै विश्व कीर्तिमान बनाए । उनको यो अविश्वसनीय रेकर्ड भविष्यमा कसैले तोड्न ‘लगभग असम्भव’ छ ।

भारतका युवराज सिंहले बनाएको १२ बलमा अर्धशतक बनाएको रेकर्ड १६ वर्षपछि ऐरीले तोडेका हुन् । एसियाली खेलकुदमा मंगोलियाविरुद्ध खेल्दा उनले ९ बलमा ८ छक्का हानेर ५० रन पूरा गरेका थिए । आफूले सामना गरेको पहिलो ६ बलमा ६ वटै छक्का प्रहार गर्ने अर्को अद्भूत रेकर्ड पनि उनले कायम गरे ।

१८.१ ओभरमा कप्तान रोहित पौडेललाई गुमाएपछि क्रिजमा आएका दीपेन्द्रले अर्धशतक हान्ने कसैको कल्पनामा थिएन । किनकि नेपालसँग खेल्न ११ बलमात्र बाँकी थियो । त्यसमध्ये १० बल दीपेन्द्रको भागमा पर्‍यो । आफूले खेलेका सबै बलमा दीपेन्द्रले छक्का हान्ने प्रयास गरे । आठ वटा बललाई बाउन्ड्रीमाथि कटाउन सफल पनि भए । बाँकी दुई बलमा दुई-दुई रन लिए ।

दीपेन्द्रले अर्धशतकको कुनै सेलिब्रेसन गरेनन् । त्यसो त शतक बनाएका कुशल मल्लले पनि सेलिब्रेसन गरेनन् । प्रतिद्वन्द्वी टीम कमजोर भएकाले उनीहरुले आफ्नो व्यक्तिगत उपलब्धिलाई धेरै महत्वपूर्ण नठानेको हुनुपर्छ । तर, आखिर रेकर्ड त रेकर्ड नै हो । दीपेन्द्र र कुशलले विश्वका कैयौं दिग्गज ब्याट्सम्यानहरुलाई पछि धकेलिदिएका छन् । सर्वाधिक छिटो शतक र अर्धशतक बनाउने विश्वका ब्याट्सम्यानहरुको सूचीमा नेपालका खेलाडीलाई पहिलो नम्बरमा देख्न पाउनु पनि फ्यानहरुका लागि गर्वको कुरा हो ।

कुशल मल्लको रेकर्ड ढिलो चाँडो तोडिन सक्छ । तर, दीपेन्द्रको रेकर्ड तोड्न निकै कठिन छ । ब्याट्सम्यानलाई भाग्यको सहारा भयो भनेमात्रै, नत्र असम्भव नै छ ।

दीपेन्द्रको कीर्तिमान भंग गर्न ९ बलभन्दा कममा अर्धशतक पूरा गर्नुपर्छ । ब्याट्सम्यानले एउटा बललाई प्रहार गरेर अधिकतम जोड्न सक्ने भनेको ६ रन हो, जसलाई क्रिकेटकै भाषामा छक्का भनिन्छ । ८ बलमा हरेकमा छक्का प्रहार गर्दा पनि ४८ रनमात्र हुन्छ । नवौं बल त खेल्नै पर्छ । ९ बलमा कम्तीमा दुई रन लिएर दीपेन्द्रको रेकर्ड बराबरी हुनसक्छ । तर, तोडिँदैन । यद्यपि, भाग्यले साथ दिएमा एउटा झिनो सम्भावना रहन्छ ।

नेपालका अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर दुर्गानाथ सुवेदी प्राविधिक रुपमा ९ बलभन्दा कममा अर्धशतक पूरा हुन सम्भव रहे पनि व्यवहारिक रुपमा त्यो सम्भव नभएको बताउँछन् ।

‘टेक्निकली सम्भव छ । तर, प्राक्टिकल्ली सम्भव छैन भने पनि हुन्छ’, सुवेदी भन्छन् । उनले ओभर थ्रोबाट कुनै भ्यालिड बलमा पनि ६ रनभन्दा बढी आउन सक्ने बताए ।

जस्तो कि सन् २०१९ को एक दिवसीय विश्वकपको फाइनलमा इङ्ल्यान्डका बेन स्टोक्सले न्युजिल्यान्डविरुद्ध भ्यालिड बलमै छक्का प्रहार नगरी ६ रन जोडेका थिए । रन लिन दौडिँदै गर्दा ओभर थ्रो बल स्टोक्सको ब्याटमा लागेर बाउन्ड्री छोएको थियो ।

अम्पायरले बलले बाउन्ड्री छोएबापत ४ रन र दौडिएर लिएको २ रनसहित ६ रन दिएका थिए । यसरी हेर्दा, दुई बलमा ७-७ रन आउने हो र बाँकी ६ बलमा छक्का प्रहार हुने हो भने पनि ८ बलमा अर्धशतक पूरा हुनसक्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।