एक मतको अन्तरले एमाले बागमतीको सचिव बने नवराज सिलवाल

काठमाडौ। पूर्वएआईजीसमेत रहेका नवराज सिलवालले नेकपा एमाले बागमती प्रदेश कमिटीको सचिवमा एक मतले विजयी भएका छन् ।

अध्यक्षमा पराजित कृष्णप्रसाद दाहालको प्यानलबाट उठेका सिलवालले ५६८ मत ल्याउँका उनका निकटम प्रतिस्पर्धी हस्त पण्डितले ५६७ मत प्राप्त गरे ।

शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ६९६ मत प्राप्त गर्दै कैलाश ढुंगेल प्रदेश कमिटीको अध्यक्षमा निर्वाचित भएका छन् ।

रामेछापका ढुंगेल बागमती प्रदेश सरकारका पूर्व अर्थमन्त्री समेत हुन् । उनका निकटम प्रतिस्पर्धी कृष्णप्रसाद दाहालले ४३९ मत प्राप्त गरेका छन् ।

उता अध्यक्षमा विजयी कैलाशप्रसाद ढुङ्गेल ६९६ मत ल्याउँदा पराजित दाहालले ४३९ मत मात्रै पाए ।

उपाध्यक्षमा भने ढुंगेल प्यानलका दावादोर्जे लामा विजयी भए । सचिवमा ५६८ मतसहित सिलवाल विजयी हुँदा पण्डितको पक्षमा ५६७ मत पर्‍यो ।

खुल्ला उपसचिवमा ढुंगेल प्यानलका विजयी हुँदा महिला उपसचिवमा दाहाल प्यानलकी भक्तकुमारी लामाले जित निकालेकी छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।