एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा विजयी

विराटमगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी हुनुभएकाे छ ।

सोमबार राति सम्पन्न मतगणनाको परिणाम अनुसार खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी हुनुभएकाे हाे । खतिवडाले ५ सय १२ मत पाउनुभयाे । उहाँका प्रतिष्पर्धी विनोद ढकालले ४ सय ३० मत ल्याउनुभयाे ।

खतिवडा मोरङ क्षेत्र नम्बर-१ बाट निर्वाचित पूर्व सांसद् तथा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य समेत हुनुहुन्छ । उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित हुनुभएकाे थियाे ।

सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी हुनुभएकाे छ । भण्डारी ५ सय २४ मत ल्याएर विजयी हुनुभयाे । राजवंशीले ६ सय २८ मत र देवानले ६ सय १० मत ल्याएर निर्वाचित हुनुभयाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।