नेपालका दुवै ओपनर आउट, ६२ रनमा २ विकेट गुमाएपछि दबाबमा

काठमाडौं। १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतविरुद्ध २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले ६२ रन जोड्दा दोस्रो विकेट गुमाएको छ।

कुशल भुर्तेल २८ रनमा आउट भए। नेपालले ९ ओभरमा २ विकेट गुमाएर ६२ रन जोडेको छ। नेपालले २९ रन जोड्द पहिलो विकेट गुमाएको थियो। नेपालका आसिफ शेख १०रन बनाएर आउट भए।

त्यसअघि टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन जोडेको।

भारतका यसस्वी जैसवाल एक सय रन जोडेर आउट भए। उनले ४८ बलमा सतक पुरा गरेका थिए। रुतुराज गाइक्वाडले २५ रन बनाए। रिंकु सिंहले १५ बलमा ३७ रन बनाए। नेपालका दीपेन्द्रसिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट हात पारे। भारतले एक सय ३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। भारतले अन्तिम दुई ओभरमा मात्र ३९ रन जोड्यो।

अविनाश बोहराले २० औँ ओभरमा २५ रन खर्चिएका थिए। अविनाशले ४ ओभरमा ५३ रन दिए। सन्दीपले ३ ओभरमा २८, सोमपालले ४ ओभरमा ३८, रोहित पौडेलले ३ ओभरमा २६ र दीपेन्द्रले ४ ओभरमा ३१ रन खर्चिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।