जनयुद्ध दिवसको बिदा फिर्ता नलिए कडा कदम चाल्ने ओलीको चेतावनी

काठमाडौं, १६ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुँगो लगाउन पहल गर्दापनि माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले साथ नदिएको आरोप लगाएका छन् । उनले आफू प्रधानमन्त्री हुँदा टिआरसी टुँगो लगाउने खोजेको भएपनि प्रचण्डले साथ नदिएको स्मरण गराएका हुन् ।

आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलको नेताको रुपमा सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् । उनले अहिले प्रधानमन्त्री दाहालले शान्ति प्रक्रिया टुँग्याउन पहल गरे आफूले सहयोग गर्ने पनि प्रतिबद्धता जनाए ।

सो क्रममा ओलीले सरकारलाई अर्को क्याबिनेटबाट जनयुद्ध दिवसको बिदा फिर्ता लिन अल्टिमेटम दिएका छन् । ओलीले हिंसा थालेको दिन दिवस हुन नसक्ने भन्दै अर्को क्याबिनेटबाट फिर्ता नलिए आफूहरुले कदम चाल्ने चेतावनी दिएका हुन् । सम्बोधनको क्रममा ओलीले भने,‘प्रधानमन्त्रीले हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय दिवसको रुपमा घोषणा गर्नुभयो । भोज खाउ, नाचगान गर त्यसको लागि छुट्टि भनेर बिदा घोषणा गर्नुभयो । एक वर्ष मात्रै होइन सधैंका लागि । यो बिदा घोषणा मान्य छैन ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।