१९औँ एसियाली खेलकुद : रसिला प्रिक्वाटर फाइनलमा

काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको महिला सिङ्गल्समा नेपालकी रसिला महर्जन प्रिक्वाटर फाइनलमा प्रवेश गरेकी छिन् ।

महर्जनले मङ्गोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ अङ्कको सोझो सेटमा पराजित गरिन् । आज भएका बाँकी तीन स्पर्धामा भने नेपाल पराजित भयो । महिला सिङ्गल्समै नेपालकी अनुमाया राई थाइल्यान्डकी पोर्नपावीसित २१–१० र २१–४ अङ्कले पराजित भइन् ।

यस्तै महिला डबल्सतर्फ नेपालका नीता लम्साल र नङ्सल तामाङको जोडी चाइनिज ताइपेईका चिङ या सु र चिन वान लिनको जोडीसित २१–१ र २१–५ अङ्कले तथा नेपालका रशिला महर्जन र अनुमाया राईको जोडी इन्डोनेसियाका द्विपुजी कुसुमा फेब्रियन र काहाया प्रतिवी अमालियाको जोडीसित २१–३ र २१–७ अङ्कले पराजित भए ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।