समानुपातिक पद्दति हटाए समावेशिता समाप्त हुन्छ : नेता पौडेल

टक्सार (भोजपुर), १६ असोज : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले समानुपातिक निर्वाचन पद्दति हटाउन नहुने बताउनुभएको छ । समानुपातिक निर्वाचन पद्दति हटाए त्यसले समावेशिता समाप्त हुने उहाँले बताउनुभयो ।

नेपाली कांग्रेस षडानन्द नगरपालिकाको प्रथम नगर सम्मेलनको आज भोजपुरको दिङलामा उद्घाटन गर्दै नेता पौडेलले समानुपातिक कोटामा आफ्ना निकटका व्यक्ति ल्याउने गरेको गुनासो आउने गरेको उल्लेख गर्दै उहाँले जनसङ्ख्या, समुदाय र जमिन अनुकूलको समावेशिता आवश्यक रहेको उल्लेख गर्नुभयो । सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउनेतर्फ सबै लाग्नुपर्ने उहाँको भनाइ थियो ।

“कांग्रेसले जनताको सरोकारसँग जोडेर आफ्नो गतिविधि अगाडि बढाउनुपर्छ”, नेता पौडेलले भन्नुभयो ।

कोशी प्रदेशका प्रदेशसभा सदस्य एवम नेपाली कांग्रेस भोजपुरका सभापति विनोद वान्तवाले कांग्रेसभित्र धेरै समस्या देखिएकाले अबका दिनमा सच्चिएर जान आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नगर सभापति भीम तामाङ, पार्टीका जिल्ला सचिव सफल किरातलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।