रित्तियो नेकपा एस ! जिल्ला उपसचिवसहित १४ नेता एमालेमा फर्किए

डोटी ।नेकपा एकीकृत समाजवादीका जिल्ला उपसचिव भक्तबहादुर साउँदसहित बडीकेदार गाउँपालिकाबाट १४ नेता नेकपा एमालेमा फर्किएका छन् ।

हाल बिदेशमा रहेका उपसचिव साउँदले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफू एमालेमै फर्किएको घोषणा गरेका हुन् ।

‘नेकपा एमालेबाट विद्रोह गरी नेकपा एकिकृत समाजवादीको जन्म हुँदै गर्दा भनिएको थियो कि पार्टीमा अराजकता निर्मूल पारी अनुशासन कायम गर्ने, देशमा सुशासन कायम गर्ने, लोकतन्त्रको संरक्षण तथा भ्रष्टाचारको अन्त्य, उच्च आर्थिक वृद्धिदर, दिगो विकास गरि समृद्ध नेपाल बनाई समाजवादमा पुग्ने’ साउँदले लेखेका छन् ‘तर, त्यो बाटो हिड्नुको सट्टा उल्टै सिंगै पार्टी अवसरवाद र भ्रष्टाचारमा चुर्लुम्मै डुबेको देखियो।’

उनले नेकपा एस दक्षिणपन्थीको टेको बन्दै चरम पुँजीवादको भाषमा फसेको, राष्ट्रियता कमजोर पार्दै विदेशीको दलाल भएको आरोप लगाएका छन् ।

उनी थप्छन् ‘पार्टी फुटको पुष्ट्याई गर्न नसकेको, व्यक्तिगत अभिष्ट पूरा गर्ने हेतुले कार्यकर्तालाई भ्रममा पारेको र कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने तिनको मनोभाव जनताले प्रष्ट बुझिसकेका छन् ।’

यिनै कारणले आफू लगायत बडिकेदारका नेकपा एसमा जोडिएका साथीहरुले यो पार्टीमा बसिरहन उचित नदेखिएकोले राजनीतिक जीवनको शुरुवातदेखि २८ वर्षको सबै खाले लगानी लगाएको आफ्नै पार्टी नेकपा एमालेमा समाहित भएको बताएका छन् ।

आफू अहिले देशबाहिर रहेपनि प्रवासमा संगठनमा आवद्ध भई राजनीतिक जीवन अगाडी बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । उनले नेकपा एसमा लागेका सबैलाई नेकपा एमालेमा समाहित हुन अपिल गरेका छन् ।

साउँद गत स्थानीय तहको निर्वाचनमा माओवादी(एस गठबन्धनबाट बडीकेदार गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बनेका थिए ।
साउँदसँगै एमाले प्रवेश गर्नेहरुमा जिल्ला कमिटी सदस्य शारदा कठायत, गाउँ कमिटी अध्यक्ष लाल व मन्नी, गाउँ कमिटी सदस्यहरु, वडा कमिटी अध्यक्षहरु रहेको नेकपा एमाले बडीकेदार गाउँ कमिटीका अध्यक्ष प्रकाश धामीले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।