एकाएक अस्वस्थ भएपछि माओवादी केन्द्रका सचिव आचार्यलाई काठमाडौं ल्याईँदै

काठमाडौं,१७ असोज । एकाएक अस्वस्थ भएपछि उपचारको लागि नेपालगञ्ज भर्ना भएका माओवादी केन्द्रका सचिव डिलाराम आचार्यलाई काठमाडौं ल्याउने तयारी भएको छ ।

पार्टीको तीन महिने ‘जनतासँग माओवादी’ नामक विशेष कार्यक्रमअन्तर्गत अछामको समीक्षा बैठकमा सहभागी हुन पुगेका आचार्य एकाएक अस्वस्थ भएका थिए । उनलाई प्यारालाईसीसको आशंका गरिएको छ ।

बुधबार बिहान ६ बजे एक्कासि बोली बन्द भएर शरीरको दाहिने भाग नचलेपछि बयलपाटा अस्पतालमा सामान्य उपचार गरेर सेनाको हेलिकोप्टरबाट नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको हो।

त्यहाँका पनि डाक्टरले तत्काल उपचार सम्भव नभएको बताएकाले उनलाई काठमाडौं ल्याउन लागिएको हो ।

माओवादी केन्द्रका सचिव डिलाराम आचार्य अस्वस्थ, हेलिकप्टरबाट नेपालगञ्ज ल्याईयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।