उत्कृष्ट प्रदर्शन गर्ने प्रहरीका क्रिकेट खेलाडी सम्मानित

काठमाडौँ, १८ असोज : मित्रराष्ट्र चीनमा सञ्चालन भइरहेको १९औँ एसियन गेम्सको टी–२० क्रिकेट प्रतियोगितामा राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाल प्रहरीका पाँच क्रिकेट खेलाडीलाई आज सम्मान गरिएको छ ।

नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रमबीच उहाँहरूलाई सम्मान गर्नुभएको हो । सम्मानित हुने खेलाडीमा नेपाल पुलिस क्रिकेट टिमका कप्तान दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, सागर ढकाल एवं नेपाल प्रहरीमा आबद्ध करण केसी र गुल्सन झा रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले अन्तर्राष्ट्रियस्तरका महत्त्वपूर्ण खेलकुद प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शनका साथै प्राप्त गरेको सम्मान र सफलताको कारणले समग्र नेपाल प्रहरी सङ्गठनको अस्तित्व र प्रतिष्ठा उँचो भएको बताउनुभयो ।

उहाँले आफूभित्रको स्पोर्टस्म्यानसिपलाई निखार्दै अझै सशक्त र उत्कृष्ट खेलाडीको रूपमा विकास गर्दै लैजान नेपाल प्रहरीका खेलाडीलाई आग्रह गर्नुभयो ।

यी खेलाडीहरू हाम्रा हुन् भनेर भन्न पाउँदा समग्र सङ्गठनलाई गर्व र हर्ष महसुस भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रभावकारी प्रशिक्षण र व्यवस्थापनद्वारा खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न नेपाल प्रहरी खेलकुद समिति पनि उत्तिकै सक्रिय र क्रियाशील हुन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सम्मानित खेलाडीहरूका तर्फबाट मन्तव्य व्यक्त गर्दै नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तान ऐरीले नेपाल प्रहरी सङ्गठनमा आबद्ध भएकामा गौरव महसुस गरेको बताउनुभयो । आउँदा दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै जाने विश्वास उहाँले व्यक्त गर्नुभयो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।