बाँझिएको जग्गामा टिमुर खेती

बलेवा (बागलुङ), २२ असोज ः सुन्दर डोहेरी सुनसान छ । कान्छो धौलागिरिको काखमा रहेको सुन्दर डोहेरी गाउँमा अहिले मानिसको आवाजभन्दा चर्को चरीको चिरीबिरी सुन्न पाइन्छ । वन्यजन्तु र पन्छीले विस्तारै गाउँको माझसम्मै बासस्थानको विस्तार गर्दैछन् ।

काठेखोला गाउँपालिका–२ भीमापोखराको उच्च भागमा रहेको डोहेरी गाउँमा केही वर्षअघिसम्म खचाखच घर थिए । पाखो बारीमा सुनसरी आलु र भाँगोको खेती थियो । अहिले एकाद घरमा मानिसको बसोबास छ । आलु फल्ने बारी, भाँगो फल्ने बारीका छेउकुना वनमाराको शिकार बनेका छन् । गाउँमा बनेका घर स्याहारको अभावले भत्किने अवस्थामा पुगेका छन् ।

केही वर्षअघिदेखि चलेको बसाइँसराइको मार डोहेरीले नराम्रोसँग बेहो¥यो । बाइस घर रहेको गाउँ आठ÷दश घरको गाउँ भएको छ । तीनै भएका घरमा सबै घरमा सधैँ मान्छे बस्दैनन् । “नहुने होइन, परम्परागत बाली बाउबाजेले आर्जेरै खाएका थिए, तर गुजारा चलेन त के गर्नु”, स्थानीय प्रेम केसीले भन्नुभयोे, “कतिले सकेर अन्यत्रै बसाइँ सरे, कसैले नसकेरै गाउँ छोडे ।”

भौगोलिक हिसाबले उच्च पहाडी क्षेत्रमा पर्ने यो गाउँमा अधिकांश समय हावापानी चिसो हुन्छ । उत्पादन ढिलो हुने, सबै बाली उत्पादन गर्न नसकिने र शिक्षा, स्वास्थ्य तथा रोजगारीका लागि टाढा–टाढा पुग्नुपर्ने बाध्यताका कारण स्थानीयले गाउँ छोडेको केसी बताउनुहुन्छ । परम्परागत शैलीको खेतीपाती र बसोबासले खाली हुँदै गरेको डोहेरीको मुहार फेर्ने विषयमा गाउँलेले नसोचेका भने होइनन् ।

बागलुङको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पञ्चकोटदेखि काठेखोला गाउँपालिकाको प्रसिद्ध बेलढुङ्गा, तमानखोलाको सोलेडाँडा हुँदै ढोरपाटन शिकार आरक्ष क्षेत्रसम्म परिकल्पना गरिएको पदमार्गको बीचमा पर्छ, यो गाउँ । पर्यटनका हिसाबले कान्छो धौलागिरि भनेर चिनिने डोहेरीको लेक, गुनगुनेको धुरीलगायतका प्राकृतिक स्रोत नजिकै छन् । त्यसैले स्थानीयले डोहेरीलाई ब्यूँताउने प्रयत्न थालेका छन् । “कृषि पर्यटनबाट गाउँ चिनाउने र गाउँ फर्काउन सकिन्छ की भनेर प्रयास थालेका छौँ”, केसीले भन्नुभयो, “गाउँलेले बाँझो जमिनमा केही टिमुर लगाउन थालेका छन्, उत्पादन र पर्यटन सँगसँगै लैजाने तयारी छ ।”

बाँझो जमिनको प्रयोगमा वडा कार्यालयले पनि साथ दिएको छ । “गाउँनै रित्तो हुँदै गयो, बसाइँसराइ रोक्छु भनेर लागौँ गफैमात्र हुन्छ, बरु बाँझो जमिनको प्रयोग र अन्य उत्पादनका विधि खोज्न थालेका हौँ”, वडाध्यक्ष विद्यापति शर्माले भन्नुभयोे, “हामीले टिमुर लगाउन युवालाई प्रोत्साहित गरेका छौँ, हेरौँ उत्पादन दियो भने आम्दानी राम्रो हुन्छ, कम्तीमा मान्छे गाउँ नबसे पनि जग्गा बाँझो नरहोस् भन्ने हो ।”

वडा कार्यालयले म्याग्दीबाट टिमुरका बिरुवा ल्याउनका लागि स्थानीय युवा किसानलाई सहयोग गरेको छ । यस वर्ष पाँच सय टिमुरका बिरुवा लगाएका युवाले क्रमशः सबै बाँझो जग्गामा टिमुर खेती गर्ने योजना बनाएका छन् । बसाइँसराइका कारण रित्तिएका गाउँ र बाँझै रहेका जग्गाको उपयोगमा नयाँ विधि अपनाउनुपर्ने वडाध्यक्ष शर्माले बताउनुभयो । डोहेरीमा टिमुर लगाउन युवाले उत्साह देखाएका छन् ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।