इजरायलबाट २५३ नेपाली विद्यार्थी काठमाडौँतर्फ प्रस्थान
काठमाडौं, असोज २५ । इजरायलमा अध्ययन गरिरहेका २५३ जना नेपाली विद्यार्थी काठमाडौँतर्फ प्रस्थान गरेका छन् ।
नेपाल एयरलाइन्सको उद्धार उडानमा जम्मा २५३ नेपाली विद्यार्थी सवार रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विद्यार्थी लिनका लागि परराष्ट्र मन्त्री नारायणप्रकाश साउद बुधबार राती इजरायल जानुभएको थियो ।


