निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

धरान । तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान १५ की निवा लिम्बू (१९) ले मिस धरान आइकन २०२३ को उपाधि जितेकी छन् । मिस पर्सनालिटीको सबटाइटलसमेत जितेकी निवाले धरानको अर्थतन्त्रको विकास र पर्यटनमा टेवा पुर्याउन धरानमा स्थानीय सम्पदाको प्रवर्द्धन र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्ने विचार राखिन ।

उत्कृष्ट ११ प्रतिस्पर्धीलाई पछि पार्दै निवाले उपाधिसँगै नगद ५० हजार रुपैयाँ र एक साताको हङकङ भ्रमणको अवसर प्राप्त गरेकी छन् । मुख्य निर्णायक मेन्टर सेफ तथा युएन कलेजका एचएम कोर्डिनेटर गगनमान श्रेष्ठले सोधेको प्रश्नमा निवाले स्वच्छ खानेपानी वितरण, फोहोर व्यवस्थापनमा ध्यान दिने र नगरवासीलाई स्तरीय शिक्षा र स्वास्थ्य सुविधाको प्रत्याभूति दिने बताइन् ।

‘म यदि धरानको मेयर भएँ भने युवाहरुलाई विदेश नजान अपिल गर्दै धरानमै रोजगारी सिर्जना गर्ने वातावरण तयार गर्नेछु, अर्थतन्त्रको विकासका र पर्यटनमा टेवा पुर्याउन धरानमा स्थानीय सम्पदाको प्रवर्द्धन र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्नेछु, मेरो ज्ञान डिजिटल मार्केटिङमा लगाउनेछु,’ निवाले भनिन्, ‘नेतृत्व विकास र योजना व्यवस्थापनमा सरोकारवालाहरुसँग परामर्श गरी धरानको विकासमा लगाउनेछु । युवाहरुलाई निशुल्क अनलाइन शिक्षा प्रदान गर्नेछु ।’ उनले युवा उद्यमीलाई स्थानीयस्तरमै अवसर सिर्जनाका लागि नीति तथा कार्यक्रम निर्माण गर्ने बताइन् । इटहरी इन्टरनेश्नल कलेजमा बिबिए सेकेण्ड इयर अध्ययनरत निवाको सटिक उत्तरमा निर्णायक मण्डलले उनलाई विजेता घोषणा गरे ।उनलाई आयोजक संस्थाका प्रमुख हरिहाङ तिगेलाले बिजेताको ताज लगाइदिए।

मिस धरान आइकन २०२३ को फस्ट रनरअप मिस इन्टेलेक्चुअलको सब टाइटल पाएकी अनु राई घोषित भइन् । उनले नगद ३० हजार रुपैयाँसँगै ३ महिनाको निशुल्क आइएलटिएस कोर्सको अवसर प्राप्त गरिन् । उनलाई मिस धरान आइकन २०२२ कि फर्स्ट रनर अप प्रेजिना राईले ताज लगाईदिए। त्यस्तै मिस ब्युटिफुल कम्प्लेसनको सब टाइटल विजेता जेसिका जोशी सेकेण्ड रनरअप बनिन् । उनले नगद २० हजार रुपैयाँसँगै ३ महिनाको निशुल्क आइएलटिएस कोर्स गर्ने अवसर प्राप्त गरिन् । उनलाई मिस धरान आइकन २०२२ कि सेकेन्ड रनर अप श्वेता बिस्वकर्माले ताज लगाईदिएका थिए।

सब-टाइटल अन्तर्गत मिस फोटो जेनिक समीक्षा चौधरी, मिस बेस्ट वक रिया सेन्चुरी, मिस मल्टिमिडियासँगै मिस फ्रेण्डसिप दिवाना राई, मिस पब्लिक चोइस साइमना राई, मिस डिस्सिप्लिन विशाखा विष्ट, मिस एक्टिभ जुनु तामाङ, मिस कल्चरल ड्रेस सृष्टिका राई, मिस बेस्ट स्माइल एलिना तामाङ घोषित भए । ब्ल्याक पिग इन्टरटेन्मेटको आयोजनामा भएको मिस धरान आइकनको दोस्रो संस्करणको निर्णायक मण्डलमा मेन्टर सेफ गगनमान श्रेष्ठसँगै अभिनेता सानुबाबा सुब्बा, डिएसपी डा श्रीबिन्दु शर्मा, डिपो स्कुलका फ्याकल्टी चिफ डा एनएल राजवंशी, शिक्षासेवी तथा उत्प्रेरक सुरेश राई, कवि सुदिप पाख्रिन र मिस पुर्वान्चल २०१९ कि सेकेन्ड रनरअप तथा लेक्चरर सिमरन लिम्बू रहेका थिए ।

‘ब्युटी विथ ब्रेन’ को नारासहित युवा सशक्तीकरणका लागि प्रतियोगिता आयोजना गरिरहेको आयोजक संस्थाका प्रमुख हरिहाङ तिगेलाले जानकारी दिए । प्रतियोगीलाई एक महिनासम्म व्यक्तित्व विकास, फेसन, र्यामवर्क, सौन्दर्यसम्बन्धी ज्ञान, पर्यटन, इतिहास, क्याटवकलगायतका प्रशिक्षण दिइएको मिस धरान आइकनका प्रबन्ध निर्देशक राजकुमार पराजुलीले जानकारी दिए । डिजाइन अफ फेशन एण्ड टेक्नोलोजीको पहिरन रहेको प्रतियोगिताको कोरियोग्राफी प्रोजिता लामाले गरेकी थिइन भने कार्यक्रम सन्चालन विद्या लिम्बूले गरेकी थिइन् । प्रतियोगिता सिल्भर इन्टरटेन्मेन्टको विशेष सहयोगमा सम्पन्न भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।