वालिङमा गँड्यौलाले मल प्रवर्द्धन अभियान

वालिङ (स्याङ्जा), २९ असोज : स्याङ्जाको वालिङ–८ मा रहेको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले गँड्यौलाको मल प्रवर्द्धन अभियान थालेको छ । सहकारी आफैँले प्लान्ट स्थापना गरी व्यावसायिकरुपमा गँड्यौलापालन थालेको हो ।

सहकारीले गाउँका कृषकलाई पनि गँड्यौलापालनमा प्रेरित गरी अभियानमा सहभागी गराउँदै आएको सहकारीका अध्यक्ष यामबहादुर गुरुङले बताउनुभयो । वालिङ बजारमा रहेको खेलमैदान नजिकैको जग्गा भाडामा लिएर गँड्यौलाको मल व्यावसायिकरुपमा उत्पादन गर्न थालिएको उहाँले बताउनुभयो ।

“गाउँगाउँमा किसानलाई निःशुल्क गँड्यौलाका साथै गँड्यौला पाल्नका लागि आवश्यक सामग्रीहरु उपलब्ध गराउँदै आएका छौँ”, अध्यक्ष गुरुङले भन्नुभयो, “तालिमपश्चात् सिकेको सीपलाई सदुपयोग गर्दै अहिले गाउँगाउँमा गँड्यौलापालन भइरहेको छ ।”

सहकारीले प्लान्टबाट उत्पादन भएको गँड्यौला र मल दैनिक स्थानीय कृषि हाटबजारमा बिक्री गर्दै आइरहेको छ । सहकारीले आफूले उत्पादन गरेको मलका साथै किसानले उत्पादन गरेको गँड्यौलाको मल खरिद गर्ने र प्रशोधन गरी बजारीकरण गर्दै आइरहेको उहाँले बताउनुभयो । गुरुङका अनुसार सहकारीमार्फत किसानलाई निःशुल्क गँड्यौला, गँड्यौला पाल्ने भाँडो तथा आवश्यक तालिम दिएपछि व्यवसायिक गँड्यौलापालनतर्फ किसानको आकर्षण बढेको हो ।

सहकारीले किसानसँग प्रतिकेजी रू २० मा खरिद गरेर प्रशोधन गरी प्रतिकेजी रू ३५ मा बिक्री गरिरहेको सहकारीका उपाध्यक्ष एवं गँड्यौला मल प्रवर्द्धन कार्यक्रमका संयोजक नेत्रप्रसाद सुवेदीले बताउनुभयो । जैविक मलको तुलनामा बिरुवालाई हुर्कन, बढ्न र आफ्नो जीवनचक्र पूरा गर्नका लागि नभई नहुने १६ किसिमका तत्वहरु यस मलमा पाइने उहाँले दाबी गर्नुभयो ।

नगरपालिकाले रू २० लाख र सहकारीले रू १० लाख लगानी गरी गँड्यौला पाल्नका लागि प्लान्ट निर्माण गरिएको सुवेदीले जानकारी दिनुभयो । “सुरुका दिनमा नयाँ भएकाले पनि केही किसानले मात्र गँड्यौलापालन गर्नुभयो”, उहाँले भन्नुभयो, “अहिले प्लान्ट स्थापना गरी ठूलो परिमाणमा गँड्यौला तथा मल उत्पादन गरेसँगै अन्य किसान पनि आकर्षित हुँदै जानुभएको छ ।” उहाँका अनुसार प्लान्टका बारेमा बुझ्न तथा अवलोकन गर्न धेरै सङ्घसंस्था तथा व्यक्तिहरु आउने गरेका छन् ।

गँड्यौलाको मललाई रासायनिक मलको विकल्पका रुपमा प्रयोग गर्न थालिएकाले बजारमा यसको माग अत्यधिक रहेको सहकारीले जनाएको छ । किसानले उत्पादन गरेको मल सहकारीमार्फत नै बिक्री हुने गरेकाले बजारीकरणको समस्या नभएको किसानहरु बताउँछन् ।

वालिङ नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), दियालो संस्थाको आर्थिक सहयोग तथा सहकारीद्वारा सञ्चालित ‘हरित पुनः उत्थान प्रवर्द्धन परियोजना’ अन्तर्गत वालिङका १४ वडाका किसानलाई जैविक कम्पोष्ट मल बनाउन प्रेरित गरिएको सहकारीका प्रबन्धक खेमराज लामिछानेले बताउनुभयो । खेतबारीमा रासायनिक मल तथा विषादीको प्रयोगमा निरुत्साहित गर्दै लगिने भन्दै सहकारीले गँड्यौलाको मल प्रवर्द्धनात्मक अभियानसँगै रैथाने बाली संरक्षणका लागि काम गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖