त्रिकोणात्मक ट्वान्टी-२० क्रिकेटका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ, २९ असोज : नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा घरेलु मैदानमा हुने त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको लागि आज १८ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।

छनोट हुने टोलीमा कप्तान पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, विनोद भण्डारी, कुशल मल्ल र गुल्सन झा प्रतिश जिसी, करण केसी, सन्दीप जोरा, श्याम ढकाल (मौसम), ललितनाराण राजवंशी, विवेक यादव, अविनाश बोहरा, सागर ढकाल, सूर्य तामाङ र लोकेश बम छन् ।

उक्त प्रतियोगितामा सन्दीप लामिछाने भने हुने छैनन् । उनले आफू मानसिक दबाबमा रहेको र परिवारलाई समय दिने भन्दै आफ्नो नाम यसअघि नै फिर्ता लिएका थिए । प्रतियोगिता आगामी कत्तिक १ देखि १० गतेसम्म मूलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिभुवन विश्वद्यिलयको क्रिकेट मैदानमा हुनेछ । उक्त प्रतियोगितामा नेपालसहित, संयुक्त अरब इमिरेट्स (युएई) र हङकङ गरी तीन टोलीको सहभागिता हुनेछ ।

नेपालले कात्तिक १ गते युएईसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।