बेलबारी गोल्डकप : सिराहा सेमिफाइनलमा

बेलबारी (मोरङ) २९ असोज : बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको दोस्रो दिन आज युकेएफसी भारत र सलहेस युवा क्लब सिराहाबीच भएको खेलमा युकेएफसीले लज्जास्पद हार बेहोर्नुपरेको छ ।

डाँगीहाट युथ क्लबको आयोजनामा मोरङको लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा जारी गोल्डकपमा भएको खेलमा सिराहको सहलेसले शून्यका विरुद्ध ४ गोल गरेको छ । सहलेशका लागि एक विरुद्ध एकमा फैजलले खेलको २४औँ मिनेटमा गोल गर्दै टिमको खाता खोल्नुभएको थियो । सिराहाकै फोडेफोफोनाको पासमा हरि कार्र्कीले दोस्रो गोल ३६औँ मिनेटमा गर्दै खेललाई दुई शून्य बनाउनुभएको हो ।

विलाल घलानको पासमा सिराहाका फोफोना ईभ्राईनले ३९औँ मिनेटमा तेस्रो गोल गर्दै टिमलाई विजय नजिक पु¥याउन सफल हुनुभएको थियो । खेलको पहिलो आधा तीन शून्य भएको खेलको दोस्रो आधामा सिराहाकै फोफोना ईभ्राईनले दोस्रो गोल गर्दै टिमलाई विजयी घोषित गराउन सफल हुनुभयो । युकेएफसी भारतले सलहेस युवा क्लब सिराहालाई जवाफी गोल फर्काउन नसक्दा हार बेहोर्नु परेको थियो । खेलको दोस्रो आधाको १७ मिनेटमा भारतका राज राउतको फितलो प्रहार सहलेस सिराहाका गोल किपर अनिस देउलाले बचाउन सफल हुनुभएको थियो ।

खेलका म्यान अफ द म्याच सहलेस सिराहाका फोफोना इभ्राइम घोषित हुनुभयो । मङ्गलबार रारा फुटबल क्लब राजारानी धनकुटा र व्रिगेड ब्वाइज काठमाडौँकाबीच हुने आयोजक डाँगीहाट युथ क्लबले जनाएको छ । प्रतियोगितामा विजेताले नगद रु आठ लाख, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । उपविजेताले नगद रु पाँच लाख, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । खेलमा प्रत्येक दिन म्यान अफ दि म्याच घोषित हुनेलाई नगद रु पाँच हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी, उत्कृष्ट कोचलाई खेलको अन्तिम दिन पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।