पाख्रीबास मेयर कप फुटबल प्रतियोगिता कार्तिक पन्ध्र देखि
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा मेयर कप फुटबल संचालन हुमे भएको छ ।
प्रतियोगिता नपाको आयोजनामा यहीं कार्तिक १५ देखि १७ गते सम्म संचालन हुने भएको हो ।
प्रतियोगितामा नपाका १० वटै वडाको सहभागिता रहने साथै प्रथम पुरस्कार नगद रु. १,००,०००/-, ट्रफी, मेडल र प्रमाणपत्र , दोश्रो पुरस्कार नगद रु. ५०,०००/-, ट्रफी, मेडल र प्रमाणपत्र ,तेश्रो पुरस्कार: नगद रु. २५,०००/-, मेडल र प्रमाणपत्र र चौथो पुरस्कार नगद रु. १५,०००/-, मेडल र प्रमाणपत्र रहेको छ ।
टिम दर्ता गर्ने कार्तिक १३ गते सम्म नि:शुल्क गर्न सकिने नपाद्वारा जारी सुचनामा उल्लेख छ ।



