अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कात्तिक तेस्रो सातादेखि

वीरगञ्ज, २ कात्तिक : पर्साको वीरगञ्जमा यही कात्तिक १८ गतेदेखि मधेस प्रदेशकै सर्वाधिक पुरस्कार राशिको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । भेट्रान सिटी क्लब वीरगञ्जको आयोजनामा ‘प्रथम वीरगञ्ज गोल्ड कप २०८०’ वीरगञ्जमा हुन लागेको हो ।

प्रतियोगिता कात्तिक २५ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपालका त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सङ्कटा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, आयोजक भेट्रान सिटी क्लब वीरगञ्ज, भारतको कोलकत्ताको क्लाइभ हाउस डमडम र दिल्लीको नर्थ जोन फुटबल टोलीको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष सविन बस्नेतले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले रु ११ लाख ११ हजार एक सय ११ र उपविजेताले रु पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्ने अध्यक्ष बस्नेतले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।