बेलबारी गोल्डकपः फाइनलमा बिर्तामोड र ब्रिग्रेडब्याइज काठमाडौँ भिड्ने

सुन्दरहरैँचा (मोरङ), ४ कात्तिक : मोरङको बेलबारी नगरपालिकास्थित लक्ष्मीमार्गमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनल उपाधिका लागि आज बिर्तामोड युनाइटेड र बिग्रेडब्वाइज क्लब काठमाडौँ मैदानमा भिड्ने भएका छन् ।

शुक्रबार भएको अन्तिम सेमिफाइनलमा सहलेस युथ क्लब सिरहालाई सडनडेथमा पराजित गर्दै झापा फाइनलमा प्रवेश गर्न सफल भएको हो । यसअघि आयोजक डाँगीहाट युथ क्लबलाई पराजित गर्दै बिग्रेडब्वाइज क्लब काठमाडौँ फाइनल प्रवेश गरेको छ । आज झापा र काठमाडौँ मैदानमा भिड्दै स्वर्णकपको उपाधि हात पार्ने सुरमा छन् ।

बेलबारी गोल्डकपमा गत वर्ष सशस्त्र प्रहरी बल एपिएफ काठमाडौँ विजेता तथा राजारानी फुटबल क्लब धनकुटा उपविजेता बनेको थियो । प्रतियोगिताका विजेताले रु आठ लाख नगद तथा उपविजेताले रु पाँच लाख नगद र ट्रफी हात पर्ने आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम वान्तवा राईले जानकारी दिनुभयो ।

दिउँसो सुरु हुने फाइनल खेलमा प्रमुख अतिथिका रूपमा सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूको उपस्थिति रहने तयारी भएको गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतले जानकारी दिनुभयो । “आर्थिक मन्दीको सामना गर्दै चाडपर्वको समयमा स्वास्थ्य र खेलकुदप्रतिको महत्व बढाउन गोल्डकपलाई निरन्तरता दिएका छौँ”, प्रवक्ता बस्नेतले भन्नुभयो, “युवाले लागुपदार्थ दुव्यर्सनबाट टाढा रहेर सामाजिक काम गर्नुपर्छ भन्ने सन्देश तथा जनचेतना प्रवाह गर्न पनि प्रतियोगिता सफल हुँदै गएको छ ।”

प्रतियोगिताको विभिन्न चरणमा नेपाल र भारतका गरी आठवटा टिम सहभागी भएका थिए । गोल्डकपका लागि बेलबारी नगरपालिका मुख्य सहयोगी रहेको छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।