दीपेन्द्र र कुशलको उत्कृष्ट अर्धसतकपछि हङकङले पायो २१४ रनको विशाल लक्ष्य

काठमाडौँ । त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलाको शनिबार खेलिएको खेलमा आफ्ना दुई प्रभावशाली ब्याट्सम्यान कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको अर्धसतकको मद्दतले नेपालले हङकङलाई जितका लागि दुई सय १४ रनको विशाल लक्ष्य दिएको छ ।

टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय १३ रन बनाएको हो । अब हङकङले जितका लागि दुई सय १४ रन बनाउनु पर्नेछ । नेपालका लागि कुशल मल्लले ९२ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले केवल ४१ बलको सामना गरी नौ छक्का र तीन चौका हिर्काए । उनको विकेट हारुन अर्सदले लिएका थिए ।

कुशलले अर्धसतक बनाएलगत्तै नेपालका अर्का अनुभवी ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले पनि अर्धसतक पुरा गरेका थिए । दीपेन्द्रले पेभेलियन फर्किनुअघि टोलीका लागि ५७ रनको योगदान गरे । उनले ३४ बलको सामना गरी दुई छक्का र ६ चौका हिर्काएका थिए ।

नेपालले केवल ५५ रनको कुल स्कोरमा नेपालले चौथो विकेट गुमाएको थियो । त्यसपछि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले नेपालको पाली समालेका थिए । उनीहरुले एक सय ४५ रनको उत्कृष्ट साझेदारी गरेका थिए । दीपेन्द्रको विकेट मोहम्मद घाजनफरले लिएका थिए ।

नेपालको पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेल दुई रन बनाउँदै पेभेलियन फर्किएका थिए । दोस्रो ओभरको पहिलो बलमा उनी आउट हुँदा नेपालले नौ रन बनाएको थियो । कुशललाई हङकङका बलर हारुन हर्सदले एलबीडब्लूको धरापमा पारेका थिए ।

नेपालले दोस्रो विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका सोमपाल १२ बलमा एक चौकाको मद्दतले आठ रन बनाउँदै आउट भएका थिए । उनलाई हङकङका बलर इजाज खानले बाबर हायातद्वारा क्याच गराएका थिए । सोमपाल आउट हुँदा नेपालले ४.१ ओभरमा २६ रन बनाएको थियो ।

यसैगरी नेपालले तेस्रो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान आसिफ १३ बलमा चार चौकाको मद्दतले २० रन बनाउँदै पेभेलियन फर्किएका थिए । हङकङका बलर आयुष शुक्लाले आफ्नै बलिङमा आफैले उनको क्याच लिएका थिए । आसिफ आउट हुँदा नेपालले ६ ओभरमा ४० रन बनाएको थियो ।

नेपालले चौथो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । रोहित १६ बलमा एक चौकाको मद्दतले ११ रन बनाउँदै आउट भएका थिए । उनलाई हङकङका बलर मोहम्मद घाजनफरले बोल्ड गरेका थिए । रोहित आउट हुँदा नेपालले ८.१ ओभरमा ५५ रन बनाएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।