छ वर्षपछि चलचित्र निर्देशनमा निश्चल

काठमाडौँ, ७ कात्तिकः चलचित्र निर्देशक निश्चल बस्नेत पुनः निर्देशनमा सक्रिय हुनुभएको छ । ‘लूट’ चलचित्र निर्देशनपछि चर्चित बन्नुभएका बस्नेत त्यसयता अभिनय, गायन, नृत्य र निर्माणमा पनि सक्रिय रहनुभयो । उहाँ हालै ‘दिमाग खराब’ चलचित्रमार्फत पुनः निर्देशनमै फर्कनुभएको छ ।

दिमाग खराब चलचित्र सामाजिक र राजनीति विषयवस्तुमा आधारित रहेको निर्देशक बस्नेतको भनाइ छ । उहाँले भन्नुभयो, “मैले कुनै राजनीतिक मुद्दालाई कथा बनाएको होइन तर राजनीति भने मिसिएको छ ।” उहाँले चलचित्रमा देखिएका पात्र राजनीति वा त्यसको परिस्थितिका कारण सिर्जित हुने गरेको भन्दै चलचित्र विशुद्ध मनोरञ्जनका लागि निर्माण गरिएको बताउनुभयो ।

“एउटा साधारण मान्छेको आफ्नै भोगाइहरु हुन्छ । देशप्रति आशा हुन्छ । यी सबै चिजहरुले कसरी एउटा साधारण मान्छेको दिमाग कसरी खराब हुनपुग्छ भन्ने विषयलाई चलचित्रको कथा बनाइएको छ”, उहाँले भन्नुभयो । बस्नेतले ‘टलकजंग भर्सेस टुल्के’ र ‘लुट २’ निर्देशन गरिसक्नु भएको छ ।

चलचित्र दिमाग खराबमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, सुमन कार्की, बिजय बराललगायतका कलाकारले अभिनय गर्नुभएको छ । साथै सुसन प्रजापतिले छायाङ्कन, आकाश बरालले पटकथा लेखन, जयन जे वाइवा र कालिप्रसाद बाँस्कोटाले सङ्गीत सिर्जना र निमेष श्रेष्ठले सम्पादन गर्नुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।