अष्ट्रेलियाको कीर्तिमानी जित,नेदरल्याण्ड्स ९० मै अलआउट

काठमाडौं । विश्वकप क्रिकेटमा अष्ट्रेलियाले नेदरल्याण्ड्समाथि ३०९ रनको कीर्तिमानी जित हात पारेको छ ।

यो विश्वकप क्रिकेटमै अहिलेसम्मको ठूलो अन्तरको जित हो ।

ओडीआई क्रिकेटको भने यो दोस्रो ठूलो अन्तरको जित हो । सबभन्दा ठूलो अन्तर (३१७ रन)को जितको रेकर्ड भारतको नाममा छ । १५ जनवरी २०२३ मा भएको खेलमा ३९० रन बनाएको भारतले श्रीलंकालाई ७३ रनमै अलआउट गरेको थियो ।

एकदिवसीय विश्वकपमा भने ठूलो अन्तर (२७५ रन) को जितको रेकर्ड अष्ट्रेलियाकै नाममा थियो । २०१५ को विश्वकपमा ४१७ रन बनाएको अष्ट्रेलियाले अफगानिस्तानलाई १४२ रनमा अलआउट गरेको थियो ।

बुधबार भारतको दिल्लीमा ग्लेन म्याक्सवेलको कीर्तिमानी शतक अनि डेभिड वार्नरको शतकको मदतमा अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३९९ रन बनायो ।

अनि नेदरल्याण्ड्सलाई मात्र २१ ओभरमा ९० रनमा अलआउट गर्‍यो । उसका विक्रमजित सिंहले सर्वाधिक २५ रन बनाए ।

नेदरल्याण्ड्सलाई सस्तैमा अलआउट गर्ने क्रममा अष्ट्रेलियाका एडम जाम्पाले ३ ओभरमा १० रन खर्चिएर ४ विकेट लिए भने मिशेल मार्शले २ तथा मिचेल स्टार्क, जोस ह्याजलउड र पेट कुमिन्सको नाममा एकएक विकेट रह्यो ।

म्याक्सवेलको कीर्तिमानी शतक

टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो विकेटका सुरुमै गुमाएको थियो । मिशेल मार्श मात्र ९ रनमा आउट भएका थिए, जतिबेला टिमको स्कोर २८ रन मात्र थियो ।

तर वार्नरले स्टिभ स्मिथसँग मिले पारी सम्हाले । दुबैले दोस्रो विकेटका लागि १३२ रनको साझेदारी गरे ।

स्मिथ ७१ रनमा आउट भए । चौथो नम्बरमा आएका मार्नस लाबुशेनले अर्को महत्वपूर्ण पारी खेले । वार्नरसँग ८४ रनको साझेदारी गरेका लाबुशेन व्यक्तिगत ६२ रन बनाएर पभेलियन फर्किए । ३९औं ओभरको तेस्रो बलमा वार्नर २२औं ओडीआई शतक पुरा गरे । त्यसपछि अष्ट्रेलियाले लगातार २ विकेट गुमायो ।

पावर प्ले सुरु गर्नुअघि उसको स्कोर २६८/५ थियो । तर म्याक्सवेलले विस्फोटक ब्याटिङ गर्दै ४४ बलमा १०६ रन बनाएपछि अष्ट्रेलियाले ३९९ रन बनायो ।

४० बलमा १०० रन पुरा गरेका म्याक्सवेलले विश्वकपमा सबभन्दा कम बलमा शतकको रेकर्ड बनाए । यसअघि दक्षिण अफ्रिकाका एडिन मार्करमले श्रीलंकाबीच ४९ बलमा शतक पुरा गरेका थिए । मार्करमको रेकर्ड म्याक्सवेलले १८ दिनमै तोडे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।