पथरी शनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु

पथरी, १० कात्तिकः नेपालमै पहिलो पटक स्थानीय स्तरबाट फ्रेन्चाइज पद्धतिद्वारा क्रिकेट प्रतियोगिता सुरु गरेको पथरी शनिश्चरे प्रिमियर लिगले आजदेखि चौथो संस्करणको क्रिकेट प्रतियोगिता सुरु गर्ने भएको छ ।

मैदान अभावका बावजुत चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट पथरी रङ्गशालामा हुने भएको छ । उद्घाटन खेल तेस्रो संस्करणको विजेता सात बाघ र पहिलो संस्करणको विजेता रोयल किङ्गबीच हुनेछ ।

पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट समितिले आयोजना गरेको प्रतियोगितामा नगरभित्रका सात फ्रेन्चाइज क्लबबीच प्रतिस्पर्धा गर्दैछन् । सात क्लबहरुले क्रिकेट प्रतियोगिताका लागि अक्सनमार्फत एक सय तीनजना खेलाडी अनुबन्ध गरेको हो । सात क्लबले कम्तीमा १४ खेलाडीलाई अक्सनअघि नै अनुबन्धन गरिसकेको थियो । दुई सय ३१ जना क्रिकेट खेलाडीले यो सिजनको लिग खेल्नका लागि अक्सनमा सहभागिता जनाएका थिए ।

यस पटकदेखि पथरीशनिश्चरे नगरबाहिरको चारजना खेलाडीले समेत सहभागिता हुन पाएका छन् । एक क्लबले चार खेलाडी अनुबन्धन गर्ने छन्भने दुई खेलाडीलाई ‘प्लेइङ एलाभेन’मा समेट्न सक्ने छन् । प्रतियोगितामा आइतबारे अस्त्र, बुद्ध युनाइटेड, क्लासिक—११, सात बाघ, वीरेन्द्रनगर (बिएसटी), रोयल किङ्स र गोरखा लिजेन्ड गरी सातवटा टोली यो सिजनमा भिड्दैछन् ।

प्रतियोगिता यही कात्तिक २५ गतेसम्म सन्चालन हुनेछ । प्रतियोगिताको विजेताले रु एक लाख ३१ हजार र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु ७१ हजार एक सय ११ प्राप्त गर्नेछ । पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले प्रतियोगिताको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।