सार्कका नयाँ महासचिवले सम्हाल्नुभयो कार्यभार

काठमाडौँ, ११ कात्तिक : दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हाल्नुभएको छ । सार्क मन्त्रिपरिषद्ले उहाँको नियुक्तिलाई अनुमोदन गरेसँगै उहाँले गत मङ्गलबारदेखि कार्यभार सम्हाल्नुभएको सार्क सचिवालयले आज जनाएको छ ।

नवनियुक्त महासचिव सार्कको १५औँ महासचिव हुनुहुन्छ । उहाँ बङ्गलादेशको प्रतिनिधित्व गर्ने तेस्रो कूटनीतिक कर्मचारी हुनुहुन्छ । सन् १९९१ मा बङ्गलादेशको कूटनीतिक सेवा प्रारम्भ गर्नुभएका महासचिव सरवरले मलेसिया, ओमन, स्वीडेनमा बङ्गलादेशी राजदूतका रूपमा सेवा गरिसक्नुभएको छ । उहाँले क्वालालम्पुर, काठमाडौँ, याङ्गुन र वाशिङ्टन डिसीमा पनि बङ्गलादेशको कूटनीतिक अधिकारीका रूपमा काम गरिसक्नुभएको छ ।

सन् १९६६ मा जन्मनुभएका महासचिव सरवरले वाणिज्यशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ । उहाँले जर्मनीबाट कूटनीतिसम्बन्धी तालिम पनि लिनुभएको छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।