पहिचानवादीकाे ‘किरात लिम्बुवान’ गीत सार्वजनिक

दमक ।  प्रदेश नं १ को नाम कोशी खारेजीको माग गर्दै पहिचान पक्षधरको आन्दोलनलाई समर्थन गर्दै थप उर्जा दिने उद्देश्यले ‘किरातलिम्बुवान’ बोलको गीत र भिडियो सार्वजनिक भएको छ ।

चर्चित गायक तथा संगीतकार ब्रविम सेर्मा चेसुङ लिम्बूको संगीत तथा आवाजमा किरात लिम्बुवान बोलको पहिचानवादी गीत सार्वजनिक गरिएको हो ।

प्रेमदिप थाम्सुहाङ र मन्दिप लिम्बुद्वयको शब्द रहेको उक्त गीतलाई किरात लिम्बुवान प्रदेश नामाङकन अभियान केन्द्रीय प्रचार प्रसार बिभागले तयार पारेको हो । यो गीतको भिडियो गायक व्रविम सेर्मा लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गत फागुन १७ गते प्रदेश नम्बर १ को नाम प्रदेश सभाबाट प्रदेशको नाम कोशी घोषणा गरिएको थियो । त्यसलगत्तै पहिचान पक्षधर राजनीतिक र जातीय संघसंस्था र संगठनहरुले विभिन्न समयमा चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु गर्दै आइरहेको छ ।

पहिचान बिरोधीहरुको पुत्ला जलाउनुका साथै पहिचानका लागि युवा दस्ताले परेट खेलेको दृश्य समेत समावेश गरिएको भिडयोमा पहिचानको आन्दलनमा शादत प्राप्त गरेका शहिदहरुको तस्बीर र आन्दोलनका केही झलकहरुको साथमा सँस्कृतिक नृत्यहरु समेत समावेश गरिएको छ । गीतमा प्रदेशको नाम अन्तिम विकल्प ‘किरातलिम्बुवान’ भनिएको छ ।

गीत संगीतको माध्यमबाट प्रदेश १ को नामाङकनको मुद्दालाई किनारा लगाउन र पहिचानको आन्दाेलनको ऐक्यबद्धता जनाउनलाई यो गीत सार्वजनिक गरिएको गायक तथा संगीतकार ब्रबिम सेर्मा चेसुङले बताए ।

देवेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङले रेकर्ड तथा मिक्सिङ गरेको गीतको भिडियोको छायांकन तथा म्पादन एस.एम. पिक्चर्सले गरेका छन् ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।