पाख्रीबास मेयरकप फुटबल,उद्घाटन खेलमा वडा नं ९ र ३ बिजयी

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा मेयर कप फुटबल आजबाट सुरु भएको छ ।

नपाको आयोजनामा आजबाट कार्तिक १८ गते सम्म संचालन हुने प्रतियोगितामा नपाका १० वटै वडाहरुको सहभागिता रहेको छ ।

आजको पहिलो खेल समूह “क” बाट वडा नं ६ र ९ का बिच भएको खेलमा वडा ९ ले ६ लाई १-० गोल अन्तरले पराजित गर्यो भने दोस्रो खेल समूह”ख” बाट वडा नं ३ र ४ का बीच भएको खेलमा ३ ले ४ लाई १-० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रबेश गरेका छन् ।

भोलिको खेल समूह ‘क” अन्तर्गतका वडा नं ७ र १० ,वडा नं १ र ९ तथा समूह’ख” अन्तर्गतका वडा नं २ र ५ र वडा नं ३ र ८ का बीच हुनेछ ।

प्रतियोगितामा विजेता टीमलाई प्रथम पुरस्कार नगद रु. १,००,०००/-, ट्रफी, मेडल र प्रमाणपत्र , दोश्रो पुरस्कार नगद रु. ५०,०००/-, ट्रफी, मेडल र प्रमाणपत्र ,तेश्रो पुरस्कार: नगद रु. २५,०००/-, मेडल र प्रमाणपत्र र चौथो पुरस्कार नगद रु. १५,०००/-, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।