पाख्रीबास मेयरकप फुटबलको फाइनलमा भोलि वडा नं ८ र ९ भिड्दै

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा मेयर कप फुटबल जारी छ ।

नपाको आयोजनामा कार्तिक १५ गते देखि संचालित प्रतियोगिता भोलि सम्पन्न हुनेछ । प्रतियोगितामा नपाका १० वटै वडाहरुको सहभागिता जनाएको थियो ।

आज सम्पन्न सेमिफाइनल खेलमा वडा नं ९ ले १० लाई र वडा नं ८ ले २ लाई पराजित गर्दै वडा नं ९ र ८ फाइनलमा प्रबेश गरेका छन् । प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ । आजै सम्पन्न खेलमा वडा नं १० ले २ लाई पराजित गर्दै तेस्रो स्थान र वडा नं २ ले चौथो स्थान हासिल गरेका छन् ।

प्रतियोगितामा विजेता टीमलाई प्रथम पुरस्कार नगद रु. १,००,०००/-, ट्रफी, मेडल र प्रमाणपत्र , दोश्रो पुरस्कार नगद रु. ५०,०००/-, ट्रफी, मेडल र प्रमाणपत्र ,तेश्रो पुरस्कार: नगद रु. २५,०००/-, मेडल र प्रमाणपत्र र चौथो पुरस्कार नगद रु. १५,०००/-, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।