मेनुकाको प्रशंसामा महेश भट्टले भने- छोरी तिमीले जुन चन्द्रमा देखाएकी छौ, त्यो मैले कहिल्यै देखेको छैन

काठमाडौं । इन्डियन आइडलमा नेपाली गायिका मेनुका पौडेलको दमदार प्रस्तुतिको गति रोकिएको छैन । शनिबार बेलुका उनको प्रस्तुतिमा बलिउड निर्देशक महेश भट्टले पनि आफूलाई सम्हाल्न सकेनन् । प्रस्तुतिपछि महेश भावविह्वल देखिए ।

पछिल्लो एपिसोडमा मेनुकाले भट्टकै निर्देशन रहेको सन् १९९८ को चर्चित फिल्म ‘जख्म’को गीत ‘गली मे आज चाँद निस्का’ गीतले जज र दर्शकलाई मन्त्रमुग्ध तुल्याएकी थिइन् ।

महेशका लागि यो गीत र फिल्म किन पनि विशेष छ भने यो फिल्म महेशकी आमा सिरिन मोहम्मद अलीको जीवनमा आधारित छ । फिल्ममा महेशकै छोरी पूजा भट्टले आमाको भूमिका निर्वाह गरेकी छन् ।

मेनुकाले उक्त गीत गाउँदा महेशसहित जजहरु श्रेया घोषाल, विशाल दिदलानी भावविह्वल देखिन्थे । उनीहरुले मेनुकालाई स्ट्यान्डिङ ओभेसन पनि दिए । प्रस्तुतिपछि स्टेजमा पुगेर महेशले मेनुकालाई अँगालो हाले र टाउकोमा चुम्बन पनि गरे ।

‘मेरो जिन्दगीको आफ्नो कथा यसमा कैद छ । हामीले यो फिल्ममा त्यो हिन्दुस्तान चित्रण गरेका छौं, जसले मिलिजुली बस्नुपर्छ भन्ने कुराको सेलिब्रेसन गर्छ । मलाई आज यकिन भएको छ कि एउटा आँखा हृदयभित्र पनि हुन्छ । जसबाट तपाईंले संसारलाई देख्नुहुन्छ । छोरी जुन चन्द्रमा तिमीले देखाएकी छौ, त्यो चन्द्रमा त कहिल्यै देखेको छैन,’ मेनुकाको प्रस्तुतिको प्रशंसा गर्दै महेशले भने ।

जज श्रेया घोषालले मेनुकाले गाएको गीतको अन्तरालमा गहिराइ रहेको बताइन् । नेपाली गायिका पौडेलले यतिबेला इण्डियन आइडलको अन्तिम १५ मा प्रतिस्पर्धा गरिरहेकी छन् । सुरुदेखि नै उनको प्रस्तुतिले राम्रो प्रतिक्रिया प्राप्त गरिरहेको छ । सुरुमै उनले गोल्डेन माइक समेत जितेकी थिइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।