क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार डा लम्साललाई प्रदान गरिने

दमौली, २२ कात्तिक : गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापित क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार एवं सञ्चारकर्मी डा नवराज लम्साललाई प्रदान गरिने भएको छ । प्रतिष्ठानले यस वर्षको उक्त पुरस्कार डा लम्साललाई अर्पण गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानले हरेक वर्ष स्थापना दिवसको सन्दर्भ पारेर सो पुरस्कार प्राप्त गर्ने स्रष्टाको नाम घोषणा गर्ने गरेको छ । क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कारको राशि रु २५ हजार रहेको छ । संस्थाको नियमित बैठकमा यस वर्ष प्रदान गरिने पुरस्कार र पुरष्कृत स्रष्टाको नाम पुरस्कार छनोट समितिले संस्थालाई उपलब्ध गराएको संस्थाका अध्यक्ष आकाश अधिकारीले जानकारी दिनुभयो ।

त्यसैगरी गीतल राष्ट्रिय पुरस्कार–२०८०, तिला लेकाली (मोरङ) लाई प्रदान गर्ने निर्णय गरिएको छ । उक्त पुरस्कारको राशि रु १० हजार छ । गीतल प्रतिभा पुरस्कार–२०८० शोभासिंह ठकुरी (तनहुँ) लाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि रु पाँच हजार छ ।

मञ्चले विगत छ वर्षदेखि विभिन्न व्यक्तिलाई उक्त पुरस्कारबाट सम्मान गर्दै आएको छ । क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार भने गत वर्षदेखि प्रदान गर्न थालिएको थियो । पहिलो वर्ष उक्त पुरस्कार वरिष्ठ साहित्यकार डा रामप्रसाद ज्ञवालीलाई प्रदान गरिएको थियो ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।