भारतीय गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन गरिने

काठमाडौँ, २३ कात्तिक : प्रसिद्ध भारतीय गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिने भएको छ । बलिउडमा निर्माण भएका सबैभन्दा धेरै चलचित्रमा गीत लेखेका उहाँले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाइसक्नुभएको छ । उहाँले छ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेर रेकर्डमा नाम दर्ता गर्नुभएको थियो ।

गीतकार समीरले सन् १९८३ देखि गीत रचना सुरु गर्नुभएको हो । उहाँले भारतमा निर्मित विभिन्न भाषाका चलचित्रका लागि गीत रचना गरिसक्नुभएको छ । उहाँले लेखेका गीतहरू हिन्दी चलचित्रका नेपाली पारखीमाझ पनि निकै लोकप्रिय छन् ।

उहाँलाई आगामी मङ्सिर २ गते काठमाडौँमा लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार सङ्घ नेपालको सङ्युक्त आयोजनामा ‘समिर अभिनन्दन’ गर्न लागिएको हो । साहित्यकला मन्दिरका अध्यक्ष मेघा चौधरीले प्रसिद्ध गीतकार समीरलाई सम्मान गर्न पाउनु खुसीको कुरा भएको बताउनुभयो ।

गीतकार समीरले रचना गर्नुभएका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धडकन मे’ लगायतका गीत लोकप्रिय छन् । यी गीत नेपालमा पनि अधिक रूचाइने हिन्दी गीतमा पर्छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।