वीरगञ्ज गोल्डकप : उपाधिका लागि आर्मी र पुलिस भिड्दै

वीरगञ्ज (पर्सा), २५ कात्तिक (रासस) :पर्साको वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकप, २०८० को उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । दुवै टोलीबीच आज दिउँसो २ बजे वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा फाइनल खेल हुँदैछ ।

सेमिफाइनलमा आर्मीले सङ्कटा क्लबलाई तथा पुलिसले आयोजक वीरगञ्ज भेट्रान सिटी क्लबलाई हराउँदै फाइनल खेलको यात्रा तय गरेका हुन् । आयोजक वीरगञ्ज भेट्रान सिटी क्लबका अध्यक्ष सुबिन बस्नेतका अनुसार वीरगञ्ज महानगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले रु ११ लाख ११ हजार १११ तथा उपविजेताले रु पाँच लाख ५५ हजार ५५५ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ ।

यस्तै विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही रु २० हजार तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु ५० हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सङ्कटा क्लब, चर्च ब्वाइज युनाइटेड नवलपरासी, झापा एफसी, वीरगञ्ज भेट्रान सिटी क्लब तथा भारत कोलकाताको क्लाइभ हाउस डमडम र दिल्लीको एफसीआई नर्थजोन फुटबल टोली सहभागी छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।