धनकुटाको पाख्रीबासमा हुने “तेस्रो पाख्रीबास कप” फुटबल प्रतियोगिता अब ५ दिन बांकी

धनकुटा । स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ पाख्रीबास युथ युनाइटेडको आयोजनामा “तेस्रो पाख्रीबास कप फुटबल” हुने भएको छ ।

प्रतियोगितामा आयोजक टीम युथ युनाइटेड,मछिन्द्र एचडी तेह्रथुम,एपिएफ पकाली,विराटनगर सिटी फुटबल क्लव,मरिक फुटबल क्लव धरान,धनकुटा फुटबल क्लव,मुनलैण्ड फुटबल क्लब झापा,प्रकाशपुर फुटबल क्लब सुनसरी गरि जम्मा ८ टीमको सहभागिता रहनेछ ।

आयोजकद्वारा सार्वजनिक गरिए अनुसार प्रतियोगिताको पहिलो खेल मंलिर ६ गते समूह “क” अन्तर्गतका आयोजक टीम र मछिन्द्र एचडी तेह्रथुमका बीच र सोही दिन समूह”ख” अन्तर्गतका मरिक फुटबल क्लव धरान र धनकुटा फुटबल क्लवका बीच हुनेछ ।

प्रतियोगिताको दोस्रो दिन समूह “क” अन्तर्गतका एपिएफ पकाली र विराटनगर सिटी फुटबल क्लव तथा समूह “ख” अन्तर्गतका मुनलैण्ड फुटबल क्लब झापा,प्रकाशपुर फुटबल क्लब सुनसरीका बीच हुनेछ ।

मंसिर ८ गते सेमिफाइनल अन्तर्गतका दुई खेल हुनेछन् भने मंसिर ९ गते फाइनल खेल हुनेछ ।

प्रतियोगिता मंसिर ६ गते सुरु भइ मंसिर ९ गते जालपादेवी माध्यमिक बिद्यालयको खेल मैदानमा सम्पन्न हुने आयोजकले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।