सहिदभूमिमा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोटहरु नष्ट
धनकुटा । धनकुटा जिल्लाको सहिदभूमिमा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोटहरु नष्ट गरिएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अर्न्तगत गाँजाका बोट नष्ट गर्ने अभियान अनुसार मंसिर २ गते खटिएको प्रहरी टोलीले सहिदभूमि गाउँपालिका वडा नं-१,३ र ७ बाट ३२ रोपनी जग्गामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका ११,७०० गाँजाका बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


