इलाम सदरमुकाममा प्रथम ‘इलाम गोल्डकप’ माघमा हुने

मङ्गलबारे, ५ मङ्सिर ः इलाम सदरमुकाममा प्रथम ‘इलाम गोल्डकप’ हुने भएको छ । रेडहर्स फुटबल क्लब इलामको आयोजनामा आउँदो माघ ६ देखि १३ गतेसम्म गोल्डकप गर्न लागिएको हो ।

आयोजक क्लबका सचिव प्रकाश घिमिरेका अनुसार प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने छ ।

इलामको ठूलो टुँडिखेलमा हुने प्रथम इलाम गोल्डकपमा नेपाल र देशबाहिरको एउटा टोलीसहित आठ टोली सहभागी हुने जनाइएको छ । प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज, एनआरटी, झापा, सुनसरी लगायत टोली सहभागी हुने भएपनि प्रतियोगितामा सहभागी हुने केही टोलीको अझै टुङ्गो लागिसकेको छैन ।

विजेताले रु पाँच लाख र उपविजेताले रु तीन लाखसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । विधागत उत्कृष्ट खेलाडीको पुरस्कार भने तय हुन बाँकी नै रहेको जनाइएको छ ।

इलाममा यसअघि माईभ्याली गोल्डकपसमेत सञ्चालन हुँदै आएको थियो । माईभ्याली गोल्डकपसमेत फागुनमा गर्ने भनेर मिति तय भइसकेको थियो तर तत्कालका लागि माईभ्याली गोल्डकप नगर्ने बताइएको छ । पहाडी जिल्लामा छोटो समयमा दुईवटा प्रतियोगिता गर्न नसकिने भएपछि माईभ्यालीले आयोजना गर्ने प्रतियोगिता स्थगित गरेर इलाम गोल्डकपलाई नै सहयोग गर्ने माईभ्याली फुटबल क्लबका अध्यक्ष दिनेश काफ्लेले बताउनुभयो ।

उनै दाता, सङ्घसंस्था तथा पुरस्कार प्रायोजन गर्नेहरु भएपछि पनि तत्कालका लागि उक्त प्रतियोगिता स्थगित गरिएको हो ।

यसअघि फागुन २४ देखि चैत ३ गतेसम्म यही टुँडिखेलमा माईभ्याली गोल्डकप आयोजनाको घोषणा गरिएको थियो तर माईभ्याली फुटबल क्लब र रेडहर्सबीच भएको सहमतिअनुसार माईभ्याली गोल्डकपलाई केही समय स्थगित गरिएको छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।