तेस्रो पाख्रीबास गोल्डकपको लागि तयारी पूरा,भोलि ११ बजेबाट प्रतियोगिता सुरु

धनकुटा । धनकुटाको पाख्रीवासमा भोलिदेखी तेश्रो पाख्रीवास कप फुटवल प्रतियोगिता सञ्चालन हुने भएको छ । पाख्रीवास युथ युनाईटेडको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगिताका लागि आवश्यक तयारी करिव पूरा भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा मरिक फुटवल क्लव धरान सुनसरी, प्रकाशपुर फुटवल क्लव प्रकाशपुर सुनसरी, एपिएफ पकली सुनसरी, विराटनगर सिटी फुटवल क्लव मोरङ, मुनल्याण्ड फुटवल क्लव झापा, मच्छिन्द्र खेलकुद विकास क्लव तेह्रथुम, आयोजक पाख्रीवास युथ युनाईटेड पाख्रीवास धनकुटा र धनकुटा फुटवल क्लव धनकुटाले सहभागिता जनाउने छन् ।

मच्छिन्द्र खेलकुद विकास क्लव तेह्रथुम,पाख्रीवास युथ युनाईटेड, एपिएफ पकली र विराटनगर सिटी समूह (ए) मा छन् । भने समूह (वि) मा मरिक फुटवल क्लव, धनकुटा फुटवल क्लव,मुनल्याण्ड फुटवल क्लव र प्रकाशपुर फुटवल क्लव रहेका छन् ।

प्रतियोगिताको उद्घाटन विहान ११ वजे जाल्पादेवी खेलमैदान मुङ्ग्रे आहालमा हुनेछ । पहिलो खेलमा आयोजक पाख्रीवास युथ युनाईटेड र मच्छिन्द्र खेलकुद विकास क्लव तेह्रथुम वीच प्रतिष्पर्धा हुने पाख्रीवास युथ युनाईटेडका अध्यक्ष गणेश गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगिताको प्रायोजन पाख्रीवास नगरपालिका र एशियन थाईफुड्स प्रा.लि ले गरेका छन् । मंशिर ९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजयी प्रथम टिमले नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने छ भने दोश्रो हुने टिमले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार पाउने छ ।

प्रतियोगिताको वेष्ट प्लेयर,वेष्ट कोच,वेष्ट किपर,हाई स्कोर खेलाडीहरुलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।