“तेस्रो पाख्रीबास कप” फुटबल ! पहिलो हाफमा आयोजक युथ युनाइटेडको अग्रता
धनकुटा । स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ पाख्रीबास युथ युनाइटेडको आयोजनामा आजबाट “तेस्रो पाख्रीबास कप फुटबल” सुरु भएको छ ।
उद्घाटन खेलमा आयोजक टीम युथ युनाइटेड र मछिन्द्र एचडी तेह्रथुमका बिच खेल भइरहेको छ ।
खेलको पहिलो हाफमा आयोजक टीमले मछिन्द्र तेह्रथुम विरुद्द ०-१ गोलको अग्रता लिएको छ ।
आजै दोस्रो खेल समूह”ख” अन्तर्गतका मरिक फुटबल क्लव धरान र धनकुटा फुटबल क्लवका बीच हुनेछ ।


